कालीकोटमा प्रथम टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु



मान्म । बुधबारदेखि कालीकोटमा प्रथम कालीकोट टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आगामी फागुन २५ गते लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री पुरुष कपलाई लक्षित गरी आयोजना गरिएको हो ।

जिल्ला क्रिकेट सङ्घका अनुसार प्रतियोगिताले कर्णाली प्रदेशमा क्रिकेटको विकासमा टेवा पुर्याउनुका साथै कालीकोटलाई खेलकुदका माध्यमबाट चिनाउने लक्ष्य राखेको छ ।


विजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज र इमर्जिङ प्लेयरलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष खड्गजङ्ग शाहीले जानकारी दिए ।

जिल्लामा पहिलोपटक आयोजना गरिएको खुला टी–२० क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्ने अवसर दिनुका साथै खेलप्रेमीलाई हौसला प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।