काठमाडौं उपत्यकामा भूकम्पको धक्का



काठमाडौं । काठमाडौं उपत्यकामा फेरि भूकम्पको धक्का महसुस भएको छ। सोमबार साँझ ६ बजेर ४४ मिनेटमा केहीबेर भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको तीव्रता र केन्द्रबिन्दुबारे केही खुलिसकेको छैन । यसअघि चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गत पुस २२ मा गएको ६.८ म्याग्निच्युडको भूकम्पका कारण नेपालमा १३ जना घाइते भएका थिए ।


नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बारामा ११ घाइते भएका थिए । प्रहरीले भूकम्पका कारण काठमाडौं र काभ्रेमा १–१ जना घाइते भएका जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here