ओखलढुंगामा बिरामी बोकेको सुमो दुर्घटना, ३ जनाका मृत्यु



काठमाडौं । खोटाङबाट काठमाडौं आउँदै गरेको सुमो ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको माने भन्ज्याङ गाउँपालिकास्थित वडा नम्बर ६ र ७ को सीमानामा पर्ने भँडारे खोलामा गए राती दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकै परिवारको तीन जनाको मृत्यु भएको ओखलढुंगााका प्रहरी निरिक्षक मनिष लुइँटेलले जानकारी दिए । प्रहरी निरिक्षक लुइटेलका अनुसार खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया मायादेवी गुरुङ, उनको छोरा २८ वर्षीय पुजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको हो ।


खोटाङबाट बिरामी लिएर काठमाडौं हिँडेको सुमो राती नै दुर्घटना भएको भए पनि प्रहरीलाई विहान मात्र जानकारी आएको थियो । आमा माया आगोले पोलेर गम्भीर घाइते भएपछि उपचारका लागि छोरा र बहिनीले काठमाडौँ लिएर हिँडेका थिए ।

दुर्घटनापछि सुमो चालक २२ वर्षीय अनिल पण्डित फरार छन् ।