एमाले बैठकः पार्टीभित्रको गुट अन्त्य गर्नुपर्ने केन्द्रीय सदस्यहरुको धारणा



काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सोमबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनका साथै अन्य प्रतिवेदनमाथि छलफल भएको छ।

पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकको दोश्रो दिन ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। धारणा राख्ने सदस्यहरुले पार्टीभित्रको गुट अन्त्य गर्नुपर्ने, संगठनमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका थिए।


पार्टीलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्ने र अनुशासनहिनतालाई अन्त्य गर्नुपर्ने समेत उनीहरुको भनाइ छ। त्यस्तै नयाँ समिकरण बनेपछि सरकारलाई उद्देश्य अनुसार प्रभावकारी रुपमा अघि बढाउनुपर्ने उनीहरुले धारणा राखेको गुरुङले बताए।

त्यस्तै अहिलेका अधिकारलाई बलियो बनाउने गरि संविधान संशोधन गर्न समेत उनीहरुले सुझाव दिएको उपमहासचिव गुरुङले जानकारी दिए।

उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गरेको भन्दै अहिलेसम्म समस्या पहिचान गरिएको बताए। राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको अध्यक्ष केपी ओलीले जवाफ दिएपछि समसामयिक प्रस्तावहरु पास गरेर बैठक मंगलबार समापन हुने एमालेले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here