

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज र भोली पाँच घण्टा विद्युत् कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आज शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
त्यस्तै, भोली शुक्रबार केएमसी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बिजुली जाने छ। कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ।
