

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन् ।
बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको शुभारम्भ गर्दै ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको भन्दै नेपालले तिब्रताका साथ विकासका कामहरु बढाइरहेको उल्लेख गरे । ओलीले आइटी क्षेत्र पनि उल्लेख्य रुपमा अघि बढिरहेको बताउँदै केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको दाबी गरे ।


प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको भन्दै प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन सरकारले काम गरिरहेको बताए । सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पु¥याउन चाहेको प्रधानमन्त्रीको भनाइए छ ।
प्रधानमन्त्री ओलीले आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने हिसावले सरकार अघि बढेको बताउँदै पूर्वाधार बिना देशको विकास हुन नसक्ने उल्लेख गरे ।
