अमेरिकामा नयाँ वर्ष मनाइरहेकाहरुमाथि सवारी साधनले ठक्कर दिंदा १५ जनाको मृत्यु



अमेरिकाको न्यू अर्लिन्स बोर्बोन सडकमा नयाँ वर्ष मनाउने क्रममा एउटा सवारी साधनले मानिसको भीडलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

घटनामा ३५ भन्दा बढी घाइते भएका छन् । अमेरिकी अनुसन्धान निकाय एफबीआईले घटनालाई “आतंकवादी कार्य” भनेर अनुसन्धान गरिरहेको छ ।


गाडी चलाउने व्यक्ति टेक्सासका ४२ वर्षीय पुरुष र सेनाका अनुभवी व्यक्ति रहेको खुलेको छ । सुरक्षाकर्मीसँग गोली हानाहानमा मारिएका ती संदिग्ध व्यक्तिको गाडीमा आइएसआइएसको झण्डा भेटिएको बीबीसीले जनाएको छ ।

चालकको आतंकवादी संगठनहरूसँग सम्भावित सम्बद्धताको अनुसन्धान गरिरहेको एफबीआइले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here