अध्यादेश प्रतिगमनको पहिलो पाइलाः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ६ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार अप्राकृतिक रुपले बनेको पुष्टि भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको सभालाई सम्भोधन गर्दै प्रचण्डले सरकार भ्रष्टाचारीहरुको रक्षाका निम्ति र सामाजिक अन्याय कायम गर्ने उद्देश्यद्वारा गठन भएको पुष्टि भएको बताएका हुन् ।


उनले भने, ‘सरकारले आफैं प्रतिवद्धता गरेको मान्यता विपरीत पनि गठन भएको हो । त्यसैले सरकार, अप्राकृतिक, अलोकतान्त्रिक छ र सरकार आफैंमा गलत उद्देश्यले बनेको छ । गएको ६ महिनामा सरकारले गरेको क्रियाकलापले त्यो देखाइरहेको पनि छ ।’

अध्यक्ष प्रचण्डले सरकारले अध्यादेश अलोकतान्त्रिक र निरङकुश तरिकाले ल्याएको आरोप लगाए । अध्यादेश प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्ने महसुस भएपछि तत्काल अधिवेशनको आह्वान गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here