काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । अहिले बिहान तराईका केही भू-भागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।
यस्तै, कोशी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
आज दिउँसो मधेस प्रदेशको तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने राति आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, बागमती प्रदेशमा दिउँसो सबै क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
यस्तै, गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने राति हिमाली, पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशमा दिउँसो पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति पनि मौसम मुख्यतया सफा रहने पूर्वानुमान रहेको छ ।