कजाकिस्तानको एक अदालतद्वारा तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना 



कजाकिस्तान । कजाकिस्तानको एक अदालतले क्यास्पियन सागर मुनि रहेको विशाल तेल क्षेत्रबाट अत्यधिक ग्यास निकासी गरेकोमा तेल उद्योगहरूको एक संघलाई शुक्रबार करिब छ करोड डलर भन्दा बढी जरिवाना गरेको छ ।

मध्य एसियाली देशले हालैका वर्षहरूमा वातावरणीय उल्लंघन गर्नेहरूलाई सजाय बढाएको छ । विशाल काशागन तेल क्षेत्रमा अत्यधिक अनाधिकृत ‘फ्ल्यारिङ’को लागि छ करोड ६० लाख जरिवाना गरिएको थियो । फ्ल्यारिङ भनेको तेल ड्रिलिंगको क्रममा जमिनबाट निस्कने अतिरिक्त ग्यासलाई जलाउनु हो । यो सुरक्षा कारणहरूका लागि गरिन्छ तर प्रक्रियाले प्रायः हानिकारक वातावरणीय प्रदूषकहरूलाई हावामा छोड्छ ।


नर्थ क्यास्पियन अपरेटिङ कम्पनीका अनुसार काशागन तेल भण्डार हालैका दशकहरूमा सबैभन्दा ठूलो तेल खोजहरू मध्ये एक हो, जसमा करिब नौँ देखि १३ अर्ब ब्यारेल पुनः प्राप्त गर्न सकिने तेल रहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here