काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले सत्ताको दुरुपयोग भइरहेको दाबी गरेका छन् ।
बुधबार काठमाडौँमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले संविधान र संसद्लाई उपेक्षा गर्ने काम गरिरहेको र सत्ताको दुरुपयोग भइरहेको बताए ।
संसदीय समितिमा विधेयकहरू रहेको अवस्थामा नियम विपरीत अध्यादेश ल्याउने काम भइरहेकाले खबरदारीका साथ दबाब दिनुपर्ने उनको भनाइ थियो ।
समितिमा विचाराधीन विधेयक फिर्ता भएपछि मात्रै अध्यादेश ल्याउन मिल्ने जिकिर गर्दै नेपालले ल्याउनै पर्ने भए सबै दलसँग छलफल गर्दा राम्रो हुने बताए ।