२०२४ मा भारतमा भित्रियो १ खर्ब २९ अर्ब डलर रेमिट्यान्स



नयाँदिल्ली । विदेशमा पढ्न र काम गर्न जाने भारतीयहरूको जमात निकै ठुलो छ । बिदेसिएका भारतीयहरूले सन् २०२४ मा १ खर्ब २९ अर्ब डलर बराबरको रेमिट्यान्स पठाएका छन् । यो रकम पाकिस्तान र बङ्गलादेशको कुल बजेटभन्दा बढी हो । 

मेक्सिकोमा भित्रिएको रेमिट्यान्सको तुलनामा यो दोब्बरभन्दा बढी हो । विगत केही वर्षदेखि विदेशमा रहेका भारतीयहरूले विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी रकम पठाउँदै आएका छन् ।


विप्रेषण आप्रवाहमा भारत संसारमा सबैभन्दा माथि छ । ६८ अर्ब डलरसहित मेक्सिको दोस्रो स्थानमा रहेको छ । २०२४ मा चीनमा कूल ४८ अर्ब रेमिट्यान्स भित्रिएको छ । ४० अर्ब  र ३३ अर्ब डलरसहित फिलिपिन्स र पाकिस्तान क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । 

सन् २०२० बाहेक गएको पाँच वर्षयता भारतले हरेक वर्ष १ खर्ब डलरभन्दा बढी रेमिटेन्स प्राप्त गर्दै आएको छ । कोरोनाको महामारीका कारण सो अवधिमा भारतको रेमिट्यान्स ८३ अर्ब डलरमा सीमित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here