विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रकाशन नगर्न शैक्षिक परामर्श दाता निकायलाई मन्त्रालयको चेतावनी



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पढ्नका लागि विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले शैक्षिक परामर्श दाता निकायहरूका नाममा सूचना जारी गरी जथाभावी सामग्री प्रकाशन नगर्न आग्रह गरेको हो ।


परामर्श दिने संस्थाले आफ्नो प्रचार सामग्रीमा संस्थाको दर्ता नम्बर, अनुमति नम्बर, सम्पर्क ठेगानासँगै परामर्श वा प्रशिक्षण प्रदान गर्ने देश, विश्वविद्यालय, कलेज, विषय, अवधि, उपाधि, लागत, मान्यता, स्तर निर्धारणलगायत स्पष्ट खुलाउनुपर्नेजस्ता व्यवस्था भए पनि त्यस्तो विवरण विनै भ्रामण सामग्री धेरै पाइएको मन्त्रालयले जनाएको छ । सूचनामा आचारसंहिता विपरीत सामग्री प्रकाशन गरेमा कारबाही गर्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here