रविलाई भेटेपछि बाबुरामले भने-राज्यले सहकारी समस्यालाई विषयान्तर गर्न खोज्यो



पोखरा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राज्यले राजनीतिक प्रतिशोध साँधेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानेलाई शुक्रबार भेटेर फर्केपछि भट्टराईले सहकारी समस्यालाई अन्यत्र मोड्न र रविमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको बताएका हुन् ।


उनले राज्य बचतकर्ताको रकम सुरक्षा गर्नेतर्फ राज्य उदासीन भएको आरोप लगाए । उनले भने, ‘सहकारीको रकम हिनामिना गर्नेहरु राज्य सत्ताका आसेपासेलाई उन्मुक्ति दिइयो र विपक्षीमाथि प्रतिशोध साँध्ने काम भयो । खै त राज्यले सहकारी पीडितको रकम फिर्ताकोबारेमा चासो राखेको ? बचतकर्ताले आत्महत्या गर्ने अवस्था आइसक्यो ।’

भेटमा रविले आफूमाथि राज्यले प्रतिशोध साँधेको बताएका थिए । उनले कानुनी प्रक्रियामा आफूले राज्यलाई सहयोग गरिरहेको भट्टराईलाई बताएका थिए ।

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Fdeepak.r.bohara%2Fvideos%2F1761110861306830%2F&show_text=false&width=267&t=0