रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छु : डा. निकोलस भुसाल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक डा.निकोलस भुसालले प्रहरीकै अगाडि हिरासतमा रहेका रवि लामिछानेको फोटो खिचेको दाबी गरेका छन् । हिरासतमा रहेका लामिछानेको भनिएको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि भुसालले उक्त तस्वीर आफूले खिचेको बताएका हुन् । ‘यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भएको हो, माफी चाहन्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन, भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ,’ उनले फेसबुकमा भनेका छन् ।


हिरासतमा रहेका व्यक्तिलाई भेट्न जाँदा प्रहरीले मोबाइल, क्यामेरालगातका डिजिटल डिभाइस लान दिँदैन । तर, उनले सुरक्षा संयन्त्रलाई चुनौति दिँदै हिरासतमा फोटो बाहिर ल्याएको दाबी गरेका छन् । आफूले फोटो खिचेको प्रहरीहरुलाई त्यही बेला जानकारी रहेको पनि उनले दाबी गरेका छन् ।

आफूले लामिछानेको अवस्था बाहिर ल्याउन र साथ दिनका लागि सो फोटो बाहिर ल्याएको पनि दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here