काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्ताविरूद्ध नेपाल विजयी भएको छ । मंगलबार युएईको शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो ।
यसअघि नेपाल श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो। समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल विजयी भएको हो । जितका लागि पाएको १२४ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर ४१.३ ओभरमा पूरा गरेको हो ।
नेपालका लागि कप्तान हेमन्त धामीले नट आउट २२ रन बनाए । त्यसअघि अभिषेक तिवारीले १३, अर्जुन कुमालले २१ र नरेन साउदले २६ रन बनाएका थिए। बलिङतर्फ अफगानिस्तानका अल्लाह गजान्खर र खतिर स्टानिकजइले ३÷३ विकेट लिए। अब्दुल अजिज र महबुब खानले १/१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको अफगानिस्तान ३५.४ ओभरमा अल आउट हुँदै १२३ रन बनाएको थियो । युनिस ठकुरी र सन्तोष यादवले तीन/तीन तथा हेमन्त धामी र अभिषेक तिवारीले २/२ विकेट लिँदा अफगानिस्तान सस्तोमै समेटिएको थिए ।
फैजल सिनोजादाले अर्धशतक बनाएका थिए। उनले ६७ बलमा चार चौका र २ छक्का हाने। खतिर स्टानिकजइ १५, गजान्फर ११, नसीर खान १० र बरकत इब्राहिमजइ १२ रनमा आउट हुँदा अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाल र अफगानिस्तान दुबै एसिया कपमबाट बाहिरिसकेका छन्। समूह बी बाट श्रीलंका र बंगलादेश सेमीफाइनल पुगेका छन्।