काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । साँझ पाँच बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिलोगरी शुरु भएको हो ।
बैठकमा विभिन्न विषयमा निर्णय हुने बताइएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।