बार्सिलोनालाई हराउँदै एट्लेटिको स्पेनिस ला लिगाको शीर्ष स्थानमा



काठमाडौं। अन्तिम समयमा वैकल्पिक खेलाडी अलेक्जेन्डर सोर्लोथले गरेको गोलमा बार्सिलोनालाई २-१ ले हराउँदै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

३० औं मिनेटमा अर्का स्पेनिस मिडफिल्डर जाभीसँगको समन्वयमा पेड्रोले बार्सिलोनालाई अग्रता दिलाएका थिए।


घरेलु भूमिमा भएको खेलमा बार्सिलोनाले अधिक समयमा खेलमा प्रभाव जमाएको थियो। यसका बाबजुद ६० औं मिनेटमा कासाडाले गरेको गल्तीका कारण मार्क रोड्रिगो डो पाउस बराबरी गोल गर्न सफल भए।

बार्सिलोनाले थुप्रै गोलको अवसर गुमाएको खेलको इन्जुरीको समयको छैटौँ मिनेटमा नाहुद मोलिनाको पासमा सोर्लोथले गोल गरे।

प्रतियोगितामा एट्लेटिकाको यो लगातार १२ औं जित हो। यस जितले एट्लेटिको शीर्ष स्थानसहित वर्षको अन्त्य गर्न सफल भएको छ। १८ खेलमा एट्लेटिकोको ४१ तथा १९ खेलमा बार्सिलोनाको ३८ अङ्क छ।

तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ३७ अङ्क छ। रियलले आइतबार सेभियासँग खेल्ने छ।

स्पेनिस ला लिगाका शनिबार राति भएका अन्य खेलमा मालोर्काले गेटाफेलाई १-०, सेल्टा भिगोले रियल सोसिडाडलाई २-० र एथलेटिका क्लबले ओसासुनालाई २-१ ले हराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here