काठमाडौँ। बाजुरामा शनिवार एकाबिहानै गएको भूकम्पमा मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ ।
बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर शनिवार बिहानै भूकम्प गएको हो। ५ दशमलव २ म्याग्निच्युडको भूकम्पका केही भौतिक संरचनाहरूमा भने क्षति पुगेको मण्डलले बताए। उनका अनुसार भौतिक क्षतिको विवरण सङ्कलन हुँदैछ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिवार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए ।
आसपासका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् ।