दुर्घटना न्यूनीकरण गर्न भालुवाङ–नर्ती सडकमा टाइमकार्ड



तुलसीपुर । दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाइमकार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बताए ।


उनका अनुसार प्रतिघण्टा ४० किलोमिटरको गतिमा चलाउने गरी टाइमकार्ड लागू गरिएको हो । जिल्लामा पछिल्लो समय दुर्घटनाका जोखिम बढिरहेका छन् । साथै सोही सडकबीचमा पर्ने खाल्डाखुल्डी पुर्नेसमेत निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here