काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिका जिम्मेवारी डोलप्रसाद अर्यालले पाएका छन् ।
सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा मुद्दा चलेपछि उपसभापति रहेका अर्याललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।