धनगढी । प्रहरीले कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टको कमाण्डमा गएको टोलीले आइतबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक चौराहबाट ५४९ ग्राम सुनसहित दुई भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेम भारत उत्तर प्रदेशका वर्ष ४४ का दीपक गुप्ता र वर्ष ३४ का सुमित बर्मा छन् । प्रहरी टोलीले भारतीय नम्बर प्लेटको कार जाँच गर्दा सुन बरामद गरेको हो ।