उपनिर्वाचन अपडेट: १ बजेसम्म ४५ प्रतिशत मत खस्यो



काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।

निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेसम्म करिब ४५ प्रतिशत मत खसेको छ । २८६ मतदान केन्द्रमध्ये २३४ मतदान केन्द्रको विवरण निर्वाचन आयोगमा प्रविष्ट भइसकेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म उपनिर्वाचन भइरहेका देशैभरका स्थानमा शान्तिपूर्ण मतदान भइरहेको छ ।


४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने जानकारी गरेको छ । काठमाडौं बाहेकका केही स्थानमा आजै साँझबाट मतगणना गर्ने आयोगको तयारी छ ।