हिउँदमा पशु आहारा बढाउन घाँसको बीउ वितरण



भद्रपुर (झापा) । झापाको भद्रपुर नगरपालिकाले सुक्खा समयमा पशु आहाराका लागि हिउँदे जैँ घाँसको बीउ वितरण गरेको छ । किसानको ५० प्रतिशत लागत साझेदारीमा घाँसको बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

भद्रपुर नगरपालिका पशु सेवा शाखाका प्रमुख रोहितकुमार कार्कीका अनुसार किसानको मागअनुसार औसतमा पाँच किलो बीउ वितरण गरिएको हो । हालसम्म २५ क्विन्टल बीउ वितरण भइसकेको र १५ क्विन्टल बीउ वितरणको क्रममा रहेको छ । हालसम्म पाँच सयभन्दा बढी किसानले बीउ लगेको प्रमुख कार्कीले बताए ।


“अझै तीन सय किसानलाई जैँ घाँसको बीउ वितरण गर्ने लक्ष्य छ”, उनले भने–“जैँ घाँसले हिउँदको समयमा पशु आहारको कमीलाई पूर्ति गर्नुका साथै यसबाट व्यावसायिक पशुपालकलाई समेत फाइदा पुग्ने छ” ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here