स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम



काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन भएका फरक–फरक उत्पादनका आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलालाले जानकारी दिए । प्रत्येक वडामा उत्पादन भएका सामग्रीलाई कोसेली घरमा जम्मा गर्ने र सोहीमार्फत बिक्री गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु पाँच लाख विनियोजना गरेको छ ।


स्थानीय स्रोतसाधनलाई परिचालन गरेर उत्पादन गर्न सकिने सामग्री गुन्द्रुक, सिन्की, मकै, विभिन्न प्रकारका अचार र काष्ठकलाबाट बनेका सामग्री कोसेली घरमार्फत बिक्रीका लागि राख्ने तयारी छ । यसका लागि अहिले ‘कोसेली घर सञ्चालन कार्यविधि’ निर्माणको चरणमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here