सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित



मोगादिसु । मानवीय मामिलाहरूको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए) ले सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२५ सम्ममा सोमालीमा मानवीय कार्य विस्तार गर्न एक अर्ब ४२ करोड अमेरिकी डलर खोजेको छ ।


मानवीय आवश्यकता र प्रतिक्रिया योजना (एचएनआरपी) सबैभन्दा गम्भीर स्तरको आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्नमा केन्द्रित रहेको र चालीस लाख मानिसहरूलाई सहायताको लागि लक्षित गरिने ओसीएचएले जनाएको छ ।

यद्यपि, ओसीएचएले चक्रीय खडेरी र बाढीको बढ्दो आवृत्तिले लाखौं सोमालीहरूको सामना गर्ने क्षमता र लचिलोपनलाई तनावमा पारेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here