एजेन्सी । सिरियामा मोहम्मद अल–बसिर अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति बसर अल–असदको शासन अनत्यका लागि मद्दत गर्ने विद्रोही नेतालाई सिरियाको अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
एक टेलिभिजन सम्बोधनमा, मोहम्मद अल–बसिरले उनी संक्रमण सरकारको नेतृत्व गर्न आगामी मार्च १ सम्म पदमा रहने घोषणा गरेका छन् ।
इडलिब प्रान्तको नेतृत्व गर्दै आएका बसिरले सार्वजनिक सेवाहरू पुनः सुचारु गर्न एउटा सानो मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। देशका केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्कन आग्रह गरेका छन् ।
२५ वर्षसम्म सिरियामा शासन गरेका राष्ट्रपति बसर अल असद गत आइतबार रुसमा शरण लिन पुगेका थिए । असदले बिद्रोहीहरुको आन्दोलन दवाउने क्रममा ५ लाख सिररियाली नागरिकको मृत्यु भएको छ ।