श्रीलङ्काले सबै मन्त्रालयहरूमा अनुसन्धान इकाई स्थापना गर्ने



श्रीलङ्काको मन्त्रिपरिषद्ले सोमबार सार्वजनिक संस्थाहरूमा जवाफदेहिता सुनिश्चित गर्नका लागि अनुसन्धान इकाईहरू स्थापना गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

क्याबिनेटका प्रवक्ता तथा स्वास्थ्य मन्त्री नलिंदा जयतिसाले भने,“सरकारले राज्य संस्थाहरूमा अनियमितताको बारेमा धेरै गुनासोहरू प्राप्त गरेको थियो । यी चासोलाई सम्बोधन गर्न तथा सार्वजनिक सेवा अभिवृद्धि गर्न मन्त्रिपरिषद्ले यस्ता निर्णय गरेको छ ।”


उनले अनुमोदित प्रस्तावमा मन्त्रिस्तरीय छानबिन इकाईहरू स्थापना गर्नुपर्ने बताए, जसको नेतृत्व अनुसन्धानमा पूर्व संलग्नता भएका वरिष्ठ कार्यकारी तहका सरकारी अधिकारीले गर्नुपर्नेछ ।

जयतिसाका अनुसार यी अधिकारीहरूले विगतको प्रशासनमा रहेका राज्यका संस्थाहरूको छानबिन गर्ने तथा चलिरहेका सार्वजनिक गुनासो सम्बोधन गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here