विद्यालय तहमा अनिवार्य स्वास्थ्य शिक्षा विषय लागू गर्न माग



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई समक्ष नेपाल स्वास्थ्य शिक्षा संघको प्रतिनिधिमण्डलले भेट गरी विद्यालय तहमा अनिवार्य स्वास्थ्य शिक्षा विषय लागू गर्न माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले विद्यालयमा स्वास्थ्य तथा शारीरिक शिक्षाको विषय राख्ने सम्बन्धमा आफूले सरोकारवालाहरूसँग परामर्श गर्ने बताइन् ।


भेटघाटमा प्रतिनिधि मण्डलले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरी स्वास्थ्य शिक्षा विषय राख्ने, स्वास्थ्य तथा शारिरिक शिक्षालाई कक्षा १ देखि १२ सम्म अनिवार्यरूपमा समावेश गर्ने, विद्यालय स्वास्थ्य कार्यक्रमलाई शिक्षा ऐनमा समावेश गरिदिने, प्रत्येक विद्यालयमा एक स्वास्थ्य शिक्षकको व्यवस्था गर्ने र आधारभूत र माध्यमिक तहमा स्वास्थ्य शिक्षकको दरबन्दी सिर्जना गर्ने लगायतका सुझावहरू पेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here