लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता : मुख्यमन्त्री लामा



मनहरी । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता रहेको बताउका छन् । उनले संविधान निर्माणपछि देशमा धार्मिक स्वतन्त्रता कायम भएको स्पष्ट पारे ।

राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपाल मकवानपुरद्वारा हेटौँडामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री लामाले लोकतन्त्रपछि देशमा धार्मिक स्वतन्त्रता आएको बताए ।


पञ्चायतकालमा धर्म प्रचार गर्दा धार्मिक स्वतन्त्रतामा बन्देज लागेर धेरैले कारबाही भोग्नुपरेको भन्दै लोकतन्त्रको सबल पक्ष भनेकै सबैमा स्वतन्त्रता भएको बताए ।

लोकतन्त्रपछि मठ, मन्दिर, गुम्बा, चर्च निर्माणमा तीव्रता आएको बताउँदै उनले धार्मिक स्वतन्त्रतामा अरूलाई होच्याएर विभेद गर्न नहुने बताए ।

आ–आफ्ना फरक आस्था र विश्वास बोकेका भए पनि सबै नेपाली भएकाले  फरक आस्थाको कारणबाट आफ्नो देशप्रतिको माया र नागरिक दायित्वबोधमा कुनै तलमाथि गर्न नहुने उनी बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here