बेरुत । दक्षिणी लेबनानका गाउँहरूमा भएको इजरायली आक्रमणमा नौजनाको मृत्यु भएको छ । इजरायलले युद्धविरामकै समयमा आतंकवादी समूहले दाबी गरेको आक्रमणको बदलामा दर्जनौँ हिजबुल्लाहलक्षित आक्रमण गरिरहेको बताएको छ ।
इजरायल र हिजबुल्लाहले सोमबार लेबनानमा हजारौँ मानिसको नरसंहार र सीमामा ठुलो विस्थापन निम्त्याएको छ भने युद्धको अन्त्य गर्न बुधबारदेखि लागु भएको युद्धविराम उल्लंघनको आरोपको सामना गर्नुपरेको छ ।
इजरायली सेनाले विज्ञप्तिमार्फत लेबनानमा दर्जनौँ पूर्वाधारलक्षित आक्रमण गरेको जनाएको छ । यसैगरी, इजरायलले लेबनानमा सम्बन्धित पक्षहरूले जिम्मेवारी पूरा गर्न र हिजबुल्लाहको गतिविधिलाई रोक्न माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयले ह्यारिस गाउँमा भएको आक्रमणमा पाँचजनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएको तथा तल्लुस गाउँमा चारजनाको मृत्यु भएको र एकजना घाइते भएको जनाएको छ ।
यसअघि, हिजबुल्लाहले इजरायल र लेबनानको सीमा क्षेत्रको विवादित भागमा रहेको ‘कफर साैबाको पहाडमा इजरायललक्षित आक्रमण गरेको जनाएको थियो । इजरायली सेनाले हिजबुल्लाहले विवादित सेबा क्षेत्रमा रहेको आफ्नो चौकीतिर दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।
आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहलाई युद्धविराम उल्लंघनको आरोप लगाउँदै जवाफ दिने वाचा गरे भने इजरायली रक्षामन्त्री इजरायल काट्जले पनि कडा प्रतिक्रिया दिने वाचा गरेका छन् ।
त्यसको केही समयपछि इजरायली सेनाले लेबनानका लक्ष्यहरूमा आक्रमण गरिरहेको जनाएको थियो । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायलसँगको सीमाबाट करिब २० किलोमिटर टाढाका क्षेत्रहरूमा आक्रमण भएको रिपोर्ट गरेको छ ।