काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपाका कार्यकर्ता र समर्थकहरुले जिल्ला प्रहरी कार्यालय अगागि प्रदर्शन गर्दा स्थिति तनावग्रस्त बनेको हो । रास्वपा समर्थकहरुले निषेधित घेरा तोडेपछि प्रहरीले बल प्रयोगसमेत गरेको थियो ।
रास्वपाका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणको अभियोगमा रास्वपा सभापति लामिछाने गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।