काठमाडौं । योग शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित योगगुरु राधिका पन्तको ‘हाम्रो योगयात्रा’ नामक पुस्तक लोकार्पण गरिएको छ ।
पतञ्जली योग समिति भक्तपुरद्वारा आयोजित कार्यक्रममा डा यज्ञेश्वर निरौला, उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली, अधिवक्ता कमला ओली, प्राध्यापक चेतोनाथ गौतम, पूर्वसचिव सोमबहादुर थापा, लेखनाथ पन्तलगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन् ।
‘गरौँ योग, रहौँ निरोग’ भन्ने मूल भावसहित लोकार्पित पुस्तकमा योगशास्त्र, योगविधि, योगदर्शनलगायत विषयमा विस्तृत जानकारी दिइएको छ ।
प्रकाशित एक सय ८० पृष्ठको पुस्तकको मूल्य रु तीन सय पाँच तोकिएको छ । पुस्तकमा अष्टे«लिया यात्रा, योग जागरण गोरखा, माडीबसाइका उपलब्धिहरु, २०८० सालका गतिविधिहरु, चैत्रलगायतका शीर्षक छन् ।
पन्तको तीजका ‘गीत सङ्ग्रह, ‘भोको मान्छे’ ‘कविता सङ्ग्रह’, ‘विजय शोककाव्य’ ‘राधालेख मिश्रित विद्या’लगायत आधादर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन् ।