कर्णाली । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रहरीबाट दुव्र्यवहार नभएको बताएका छन् ।
मंगलबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दैै गृहमन्त्री लेखकले अनुसन्धान प्रभावित पार्न दुव्र्यवहारको हल्ला चलाइएको बताएका हुन् । उनले प्रमुख प्रतिपक्षी दलको समर्थनमा रास्वपाले अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताए । उनले भने, ‘रवि लामिछानेमाथि अभद्र व्यवहार भएको कुरामा सत्यता छैन, सरकार प्रत्येक व्यक्तिको मानव अधिकारको रक्षा गर्ने विषयमा गम्भीर छ ।’
उनले सहकारी ठगी प्रकरणमा रवि मात्र अरु थुप्रैमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय र अदालत घेरा हाल्ने काम भइरहेको छ, यस्ता विधिको शासन उल्लंघन गरेर गरिने गतिविधिले न्याय दिने होइन। न्याय दिने निकायले आफ्नो तरिकाले काम गरिरहेका छन्।’ उनले सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भएको बताए ।