रवि लक्षित ओलीको कटाक्ष : देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन

प्रधानमन्त्री ओली झापा, २३ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली आइतबार झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्स उद्घाटन समारोहलाई सम्बोधन गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेजस्तो सजिलो नभएको बताएका छन् । आइतबार झापाको दमकमा निर्मित १८ तले भ्यु टावरको उद्घाटनपछि प्रधानमन्त्री देश चलाउन सिद्धान्त र नीति चाहिने बताए ।

उनले भने, ‘सहकारी ठगेजस्तो सजिलो कहाँ छ र देश चलाउन ? देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिन्छ ।’


उनले आफूहरूले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने बताए । प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट देशका लागि उपलब्धि भएको जिकिर गरे । उनले केही समयपछि भारत जाने बताए ।