यु–१६ टोलीसँगको मैत्रीपूर्ण खेलमा भूटानसँग नेपाल पराजित



काठमाडौँ । यु–१६ टोलीसँगको मैत्रीपूर्ण खेलमा भूटानसँग नेपाल पराजित भएको छ । दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा भूटानले नेपालमाथि ५–१ को जित निकालेको हो । भूटानले खेलको पहिलो ‘हाफ’ मा नै ३–० गोलको अग्रता लियो । यस्तै, खेलको दोस्रो ‘हाफ’मा भूटानले फेरि दुई गोल थप्यो ।

नेपालले भने खेलको अन्तिमतिर एक सान्त्वना गोल फर्कायो । खेलको २५औँ मिनेटमा भूटानकी सोनाम छोगेलले गोल गरिन् । त्यसपछि भूटानका लागि कप्तान छिरिङ ल्हामोले खेलको ३५ र ४०औँ मिनेटमा दुई गोल गरिन् । खेलको ६६औँ मिनेटमा छोगेलले दोस्रो गोल गरिन् । खेलको ८४औँ मिनेटमा उगेन सोमोले पेनाल्टीमा गोल गरिन् ।


नेपालका लागि सविना तामाङले खेलको ८७औँ मिनेटमा सान्त्वना गोल फर्काइन् । अब नेपाली यु–१९ टोलीले यही पुस ७ गते आइतबार भूटानी यु–१९ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here