युरोपेली सङ्घले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानून अपनाउने



एजेन्सी । युरोपेली सङ्घ (ई.यु.) काउन्सिलले साइबर खतरा प्रति उद्धार बनि सदस्य राष्ट्रहरू बीच बलियो साइबर ऐक्यबद्धता प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार दुईवटा नयाँ कानून पारित गरेको छ ।

उक्त नयाँ कानूनहरू साइबर सुरक्षा विधायी प्याकेजको हिस्सा हो । यी उपायहरूले साइबर घटनाहरू विरुद्ध ई.यु.को तयारी र प्रतिक्रिया क्षमताहरूलाई सुदृढ पार्ने लक्ष्य राख्छन् ।


नयाँ नियमले राष्ट्रिय र सीमापार साइबर केन्द्रहरू मिलेर साइबर सुरक्षा चेतावनी प्रणाली स्थापना गर्ने प्रावधान पनि राखेको छ । कानूनले साइबर खतरा पत्ता लगाउन, प्रतिरोध गर्न तथा कृत्रिम बुद्धिमत्ता र उन्नत डाटा बिश्लेश्ण गर्न सघाउने अपेक्षा गरिएको छ भने स्वास्थ्य सेवा, यातायात र ऊर्जा जस्ता महत्वपूर्ण क्षेत्रमा परीक्षण क्षमतालाई पनि समर्थन गर्दछ ।

कानून निजी क्षेत्र बाट घटना प्रतिक्रिया सेवाहरू प्रदान गदै साइबर घटनामा ई.यु. सदस्य राज्य वा संस्थाको अनुरोधमा प्रयोग गर्न सकिन्छ । यस बाहेक, आपतकालीन प्रतिक्रिया प्रणालीको प्रभावकारिता मूल्याङ्कन गर्न घटना समीक्षा संयन्त्र स्थापना गरिनेछ ।

कानून आगामी हप्तामा ई.यु.को आधिकारिक जर्नलमा प्रकाशित हुनेछ भने प्रकाशनको २० दिन पछि लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here