माओवादीलाई अब चुनावी गठबन्धनको आवश्यकता छैनः उपमहासचिव पुन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गत मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनको मत परिणामले आफूहरुसँग गठबन्धन नगरी निर्वाचन लड्नसक्ने तागत रहेको पुष्टि भएको बताएका छन् ।

आज (सोमबार) म्याग्दीको बेनी आएका उपमहासचिव पुनले माओवादीलाई गठबन्धन गर्दा भन्दै एक्लै निर्वाचनमा जाँदा जनताको साथ मिलेको बताए । उनले


पछिल्लो समय निर्वाचनमा एमाले वा कांग्रेस कुनै एक नभई नहुने वा एक्लै निर्वाचनमा जाने कुरा सोच्नै नसक्ने अवस्थामा माओवादीलाई हेरिन थालिएकोमा जनताको अभिमतले त्यसलाई चिरेको उनको दाबी छ । ‘पछिल्लो उपनिर्वाचनले एक्लै निर्वाचन लड्न सक्ने तागत माओवादीसँग भएको पुष्टि गरिदियो,’– उनले भने ।

माओवादीले उठाएका मुद्दा सही रहेको र ती मुद्दालाई जनताले अनुमोदन गर्दा गत उपनिर्वाचनमा सफलता मिलेको उनले बताए । उनले माओवादीलाई अब निर्वाचनमा गठबन्धन आवश्यक नरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here