भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै



एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ आज (शनिबार) अन्त्येष्टि गरिँदैछ । 

उनको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि विपक्षी दल कंग्रेसले सिंहको अन्त्येष्टि र श्रद्धाञ्जलीका लागि उपयुक्त ठाउँको माग गरेको छ । 


अहिले कांग्रेस सहित अन्य दलले सरकारको यो निर्णयको विरोध गरिरहेका छन् । तर, गृह मन्त्रालयले मनमोहन सिंहको स्मारक निर्माण गर्न अनुमति दिएको खबरमा उल्लेख छ । सिंहको गत बिहीवार राति ९२ वर्षको उमेरमा निधन भएको हो । उनको निधनमा सरकारले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको थियो ।  

उनी भारतको शीर्ष पदमा पुग्ने पहिलो शिख समेत हुन् । सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको हो । शोक आउँदो जनवरी १ तारिख सम्म मनाइनेछ । 

त्यस्तै, राष्ट्रिय झण्डा आधा झुकाइनेछ । मनमोहन सिंहलाई आर्थिक उदारीकरणका शिल्पकार मानिन्छ । सिंहले कर कटौती, रुपैयाँको अवमूल्यन, राज्य द्वारा सञ्चालित कम्पनीहरूलाई निजीकरण र विदेशी लगानीलाई प्रोत्साहन गर्ने काम गरेका थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here