

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधनमा शोक व्यक्त गरेकी छन्।
‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्।


उनले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको समेत उल्लेख गरिन्।
‘भारतको अर्थतन्त्र सुधारका शिल्पकारसमेत मानिनु हुने प्रख्यात अर्थशास्त्री, शालीन व्यक्तित्वका धनी डा सिंहको निधनबाट नेपालले एक सच्चा मित्र गुमाएको छ।
स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्दछु,’ उनले भनिन्। सिंहको ९२ वर्षको उमेरमा निधन गए राति निधन भएको हो।
