भरत जंगमलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौँ । साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका भरत जंगमलाई अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सहकारीको रकम अपचलनको पक्राउ आइतबार पक्राउ परेका जंगमलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।


सहकारीका कोषाध्यक्ष लुमन दाहाललाई पनि प्रहरीले पक्राउ गरेको छ । दुवैजनालाई अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जंगम सहकारीको पूर्वअध्यक्ष हुन् । यो सहकारीको निवर्तमान उपाध्यक्ष रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here