बन्दीका रुपमा लामिछानेको आधारभूत मानव अधिकारको सम्मान गर्न प्रहरीलाई निर्देशन



काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले पूर्वगृहमन्त्री रवि लामिछानेले बन्दीका रुपमा पाउने आधारभूत मानव अधिकारको सम्मान गर्न निर्देशन दिएको छ।

आयोगले सोमबार उच्च प्रहरी अधिकारीहरुलाई आयोगमै बोलाएर बन्दीका रुपमा लामिछानेले पाउने न्युनतम मानव अधिकार दिन निर्देशन दिएको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए।


आयोगसँगको छलफलपछि प्रवक्ता पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कानूनी शासनको प्रत्याभूति सहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुुनुपर्नेमा आयोगको चासो रहेको।’

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका लामिछानेलाई चितवनबाट कास्की मध्यरातमा उठाएर जबरजस्ती लगिएको भन्दै उनकी पत्नी निकिता पौडेलले आयोगमा उजुरी दिएका थिइन्। उजुरीपछि आयोगको प्रतिनिधिले पोखरा पुगेर थुनामा रहेका लामिछानेसँग भेटेर उनको अवस्थाबारे जानकारी दिएको थियो।

उनीमाथि दुव्र्यवाहर भएको ठहर गरेको आयोगले सोमबार अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ सहितको प्रहरी उच्चअधिकारीहरुसँग छलफल गरेको हो। आयोगले छलफलका लागि महानिरिक्षक वसन्त कुँवरलाई नै उपस्थित हुन निर्देशन दिएको प्रवक्ता पोखरेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here