प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता



काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देल भारतको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा मंसिर २६ गते भारतमा गएका प्रधान सेनापति सिग्देल आइतबार स्वदेश फिर्ता भएका छन् । 

प्रधान सेनापति सिग्देलको बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।  भारत भ्रमणको क्रममा मंसिर २७ गते उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।  


प्रधान सेनापति सिग्देल भारतको देहरादुनस्थित  तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रविन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटहरु मध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीको रूपमा सम्मानित भएका थिए ।

प्रधान सेनापति महारथी सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । सोही अवसरमा उनले भारतीय सेनाको विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here