काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दीर्घकालीन विकासका लागि बीआरआई सम्झौता निकै महत्त्वपूर्ण भएको बताए । त्यस्तै बैठकले कीर्तिपुर नगरपालिका र काठमाडौं–१६ को उपनिर्वाचनको नतिजा अनपेक्षित आएको निष्कर्ष निकालेको छ ।
नतिजालाई एमालेले गम्भीरतापूर्वक लिएको उपमहासचिव ज्ञवालीले बताए। यसअघि एमालेले जितेका ७ वटा वडामा पद रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिएकोले उपनिर्वाचन उपलब्धीपूर्ण भएको उनले बताए ।
दुई वर्षको बीचमा राजनीतिक दलप्रतिको जनमत फरक देखिएको र सहरी क्षेत्रमा सोचेको जस्तो परिणाम नआएको बैठकले निष्कर्ष उनले बताए ।