काठमाडौँ । इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारकाविरुद्ध नेपालमा देशव्यापी हस्ताक्षर अभियान थालिएको छ । अभियानालाई साथ दिन सोमबार राजनीतिक दलका शीर्ष नेताहरु समेत रत्नपार्क पुगेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरु रत्नपार्क पुगेर अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।
पछिल्ला दिन इजरायलले प्यालेष्टाइनमाथि आक्रमण गर्दा हजारौं प्यालेष्टाइनीले ज्यान गुमाइसकेका छन् ।