पूर्वन्यायाधीश वस्तीको निधनको शोकमा सर्वोच्चको आजको सुनुवाइ स्थगित



काठमाडौं । पूर्व न्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतको आजको सुनुवाइ स्थगित भएको छ।

पूर्वन्यायाधीश वस्तीको निधनको शोकमा आइतबारको सुनुवाइलाई स्थगित गरिएको सर्वोच्चले जनाएको छ ।


सर्वोच्च अदालतमा बसेको बैठकले शोक प्रस्ताव पारित गरी इजलास नबस्ने निर्णय गरेको अदालत प्रशासनले जनाएको छ । पूर्वन्यायाधीश वस्तीको ७१ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here