पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्ने : मन्त्री पाण्डे



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपाल–चाइना सांस्कृति तथा पर्यटन सम्मेलन’लाई सम्बोधन गर्दै उनले निजी क्षेत्र अघिअघि सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास हुने उल्लेख गरेका हुन् ।


मन्त्री पाण्डेले भने, “चिनियाँले संस्कृतिभित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’को माध्यमबाट पर्यटन क्षेत्रको प्रचार  गरिरहेको अनुभव हाम्रा लागि राम्रो सिकाइ हुनेछ । भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्व हुन्छ ।”

उनले पर्यावरणमैत्री पर्यटनमा जोड दिँदै पछिल्लो समय सूचना प्रविधि क्षेत्रको विकासले शिखर चुमेको समयमा डिजिटल टुरिजम विकासतर्फ समेत ध्यान दिनुपर्ने बताए ।

मन्त्री पाण्डेले नेपाल र चीनबीच प्राचिन समयदेखि नै चित्रकला, काष्ठ कलालगायतका विषयसमेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here