महासङ्घ रूकुमपूर्व अध्यक्षमा बसन्त निर्वाचित
त्रिवेणी । नेपाल पत्रकार महासङ्घ रूकुम–पूर्वको शाखा अध्यक्षमा बसन्त बाँठा निर्वाचित भएका छन् । निर्वाचनमा बाँठाको प्यानल विजय भएको हो । कूल ३३ मत खसेकोमा १७ मत प्राप्त गरेर बाँठा अध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी सर्जना कार्कीले १५ मत प्राप्त गरेका छन् ।
त्यस्तै खुला उपाध्यक्षमा बालाराम शेर्पाली निर्वाचित भएका छन् । प्रतिस्पर्धी उर्मिला गौतमलाई पराजित गरेर शेर्पाली खुला उपाध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पालीले १८ मत प्राप्त गर्दा गौतमले १४ मत प्राप्त गरेकी छन् । महिला उपाध्यक्षमा जमुना गौतम, सचिवमा निराजन शेर्पाली र कोषाध्यक्षमा सावित्रा खत्री यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
यस्तै खुला सहसचिवमा वीरस थापा निर्वाचित भएका छन् । प्रतिस्पर्धी चेतकुमार विसीलाई पराजित गरेर थापा निर्वाचित भएका हुन् । थापाले १७ मत प्राप्त गर्दा विसीले १४ मत प्राप्त गरेका छन् । त्यसैगरी समावेशी सह सचिवमा बरम बुढा निर्वाचित भएका छन् । बुढाले प्रतिस्पर्धी दिलचन पुनलाई पराजित गरेका छन् । बुढाले २० मत प्राप्त गर्दा पुनले ११ मत प्राप्त गरेका छन् ।
लोकप्रसाद बुढाथोकी, बिकास बुढामगर, श्रीधर खड्का, र सामना घर्तीको खुला सदस्यमा निर्वाचित भएका छन् । जनजाति सदस्यमा वीरप्रताव बुढा तथा दलित सदस्यमा शिखर विश्वकर्मा निर्वाचित भएको हो ।
महिला सदस्य हिरा बुढामगर, केन्द्रीय परिषद् सदस्य बसम मल्ल तथा लिङ्कन गौतमको निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । कूल ३४ मतदाता पत्रकार मतदाता रहेको जिल्लामा ३३ मत खसेको थियो भने एक मत बदर भएको थियो ।
महासङ्घ ताप्लेजुङमा आचार्य निर्वाचित
फुङ्लिङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङमा सर्वसम्मत सुवास आचार्य निर्वाचित भएका छन् । सुवास आचार्यको नेतृत्वमा १५ कार्यसमित गठन गरिएको हो ।
जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत केशव भट्टराईका अनुसार आचार्यको नेतृत्वमा उपाध्यक्ष सन्तोषकुमार सार्की, महिला उपाध्यक्ष सङ्गीता कार्की, सचिव कृषण फुरूम्बो, सहसचिव साहारा लिम्बू चयन भएका छन् ।
समावेसी सचिव मनमाया लिम्बू र कोषाध्यक्ष मदन गौतम चयन भएका निर्वाचन संयोजक धर्मप्रसाद पौडेलले बताए । पौडेलकाअनुसार महिला सदस्यमा सनिता रसाइली, दलित सदस्य किरण विक र आदिवासी जनजाति सदस्य तेन्जिङ शेर्पा चयन भएका छन् ।
त्यस्तै खुला सदस्यमा तरूण भारती, दिलकुमार फेम्बू, रञ्जना गुरूङ, टिकामाया याक्सो र एलिना दियाली चयन भएका छन् । प्रदेश परिषद् सदस्यमा सूर्यप्रसाद लिम्बू (आलोक) र दिनेश लिङ्खिम चयन भएका निर्वाचन समितिले जनाएको छ । केन्दीय परिषद् सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक (प्रयास) चयन भएका छन् ।
पत्रकार महासंघ पर्वतको अध्यक्षमा सापकोटा निर्वाचित
पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाको अध्यक्षमा लक्ष्मीप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार भएको मनोनयनका क्रममा अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएकोमा गणेश गिरीले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।
समितिको खुला उपाध्यक्षमा रञ्जना खत्री, महिला उपाध्यक्षमा सङ्गीता केसी बानियाँ, सचिवमा साजन परियार, सहसचिव (समावेशीमा) विष्णु सापकोटा गौतम, सहसचिव खुल्लामा राजन पौडेल र कोषाध्यक्षमा दीपेश विक रहेका छन् ।
महासंघका सदस्यमा सङ्गीता केसी, रमा सुवेदी, इन्द्रकुमार विकल्प, सन्तोष पराजुली, मीना पराजुली, मुनाकुमारी लामिछाने, विकासराज पौडेल र गीताकुमारी शर्मा रहेका छन् ।
पर्वतबाट केन्द्रीय परिषद् सदस्यमा सरस्वती शर्मा जिज्ञासु र कृष्णबहादुर अखेली चयन भएका छन् भने प्रदेश परिषद् सदस्यमा विशन क्षेत्री र डिलबहादुर विक चयन भएका छन् ।
पत्रकार महासंघ उदयपुरको अध्यक्षमा पोखरेल
उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्षमा भक्ति विलास पोखरेल निर्वाचित भएका छन् । पोखरेलले ६० मत प्राप्त गरी विजयी हुँदा अध्यक्षका प्रत्याशी भोटराज राईले ४२ मत प्राप्त गरेको निर्वाचन संयोजक कौशल चेमजोङले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा विश्वराज तामाङ र महिला उपाध्यक्षमा रेनु पराजुली निर्विरोध निर्वाचित भएका छन् । सचिवमा तुलसीप्रसाद कोइराला, कोषाध्यक्षमा पुरुषोत्तम सापकोटा, सहसचिवमा देवराज राई निर्वाचित भएका छन् । साथै सदस्यहरूमा खेमराज दाहाल, अञ्जनी अधिकारी, शङ्कर रिखाम मगर निर्वाचित भएका छन् ।
एक सय १० मतदाता रहेको पत्रकार महासङ्घ उदयपुरमा आज भएको निर्वाचितमा एक सय चार मत खसेको थियो ।
नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा अधिकारी
दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा धनपति अधिकारी (डीपी) विजयी भएका छन् । आज सम्पन्न अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट ३३ मत प्राप्त गरी अध्यक्षमा अधिकारी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नारायण खड्काले ११ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए।
खुला उपाध्यक्षमा प्रताप राना ३० मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी सानेबहादुर नेपालीले ११ मत प्राप्त गरेका छन् । सचिवमा कृष्णचन्द्र न्यौपाने २६ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी अस्मिता खनालले १६ मत प्राप्त गरेकी छन् ।
सहसचिव खुलामा ऋषिकान्त दुवाडी ३० मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी विनोद ढुङ्गानाले १३ मत प्राप्त गरेका छन् ।
यसअघि महिला उपाध्यक्षमा सम्झना रसाइली, सहसचिव समावेशीमा किरण श्रेष्ठ, कोषाध्यक्षमा पूर्णबहादुर विश्वकर्मा, महिला सदस्यमा सुनिता आचार्य, सदस्य दलितमा मुना कालिराज विके, सदस्य आदिवासी जनजातिमा चित्र गुरुङ, सदस्य अन्य समावेशीमा रामशरण नेपाली, खुला सदस्यहरुमा राजेश्वर हड्खले ३०, उपेन्द्र खनाल ३५, विष्णु गौतम ३६, विकास खनाल ४१ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी अशोक विश्वकर्माले ११ मत प्राप्त गरेका छन् ।
सङ्घीय परिषद् सदस्य खुल्लमा प्रदीप काफ्ले, सङ्घीय परिषद् सदस्य समावेशीमा राजकुमार श्रेष्ठ (विवि), प्रदेश परिषद् सदस्य खुल्लामा शङ्करराज नहर्की, प्रदेश परिषद् सदस्य समावेशीमा मिला दरै, प्रदेश परिषद् सदस्य (महिला) मा सुनिता थापा निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा धामी
कञ्चनपुर । नेपाल पत्रकार महासङ्घ कञ्चनपुरको अध्यक्षमा सुरेश धामी विजयी भएका छन् । धामीले ५८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र अवस्थी ४६ मत प्राप्त गरेका निर्वाचन समितिका सदस्य विष्णु अवस्थीले जानकारी दिए ।
साथै उपाध्यक्ष खुलामा अमरबहादुर चन्द ६६ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्ष महिलातर्फ धर्मा रोकायाले ६४ मत ल्याएर विजयी भइन् । सचिवमा कुन्दन पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । सह–सचिव खुलामा गोकुल जोशीले ५६ मत प्राप्त गरी विजयी हुँदा सह–सचिव समावेशीमा किशोरकुमार तामाङ निर्विरोध निर्वाचित भएका छन् । साथै कोषाध्यक्षमा मोहन बिष्ट ५५ मत ल्याएर विजयी भएका छन् ।
महिला सदस्यमा एश्वर्या कुवँर निर्विरोध निर्वाचित भएका छन् । दलित सदस्यमा धनबहादुर विकले ५२ मत प्राप्त गर्दा जनजाति आदिवासी सदस्यमा दानसिंह डगौरा (थारु) ५९ मतसहित विजयी भए । खुला सदस्यतर्फ केशव भट्टले ७९ मत, दिनेशराज ओझाले ५७ मत, धनबहादुर महताले ५४ मत, भवानीदत्त भट्टले ६३ मत, माधव पौडेलले ५६ मत, सुजित सिनालले ७४ मत, सुरेश भट्टले ६९ मत, हरिलाल जोशीले ५२ मत ल्याएर विजयी भएका छन् । निर्वाचनमा एक सय सात जनाले मतदान गरेका थिए ।
प्रदेश र केन्द्रका पदाधिकारीको मतगणनाको कार्य भोलि विहान १० बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । केन्द्र र प्रदेश पार्षद भने निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा गौतम
म्याग्दी । नेपाल पत्रकार महासङ्घ म्याग्दी र मुस्ताङ शाखाका पदाधीकारी तथा कार्यसमिति सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि म्याग्दीमा हरिकृष्ण गौतम र मुस्ताङमा सुनदेवी रसाइलीको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको हो ।
म्याग्दी शाखाको उपाध्यक्षमा दलप्रसाद बिक (अमित), अमृतप्रसाद पौडेल (बास्कुने), सचिवमा ठाकुरप्रसाद आचार्य, कोषाध्यक्षमा साधन राम्जाली, सदस्यमा कमल खत्री र राकेश शर्माको मात्र उमेद्वारी परेकाले निर्बिरोध भएको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले बताए । यसैगरी केन्द्रिय परिषद् सदस्यमा बिनोद धौलागिरि चयन भएका छन् ।
मुस्ताङको उपाध्यक्षमा तृष्णा गौचन, महिला उपाध्यक्षमा फुलकुमारी नेपाली, सचिवमा आदित्य रसाइली, सहसचिवमा सरस्वती ल्वागुन, हिस्मत नेपाली र कोषाध्यक्षमा निरज थकाली निर्वाचित भएका छन् । सदस्यमा बसन्त पौडेल, पेमा छोतेन गुरुङ, केन्द्रिय परिषद् सदस्य चन्द्रेश्वर बस्ताकोटी र प्रदेश परिषद् सदस्यमा लक्ष्मी पौडेल चयन भएको निर्वाचन अधिकृत भिमबहादुर रसाईलीले बताए ।
पत्रकार महासङ्घ सोलुखुम्बु अध्यक्षमा दर्नाल विजयी, १७ वर्षपछि नेतृत्वमा प्रेस युनियन
सोलुखुम्बु । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा सुवास दर्नाल विजयी भएका छन् । प्रेस युनियनका दर्नालले प्रेस चौतारीका दिलबहादुर राईलाई पराजित गरे । सोलुखुम्बुमा १७ वर्षपछि प्रेस युनियन नेतृत्वमा फर्किएको हो ।
निर्वाचन अधिकारी नारायणकुमार श्रेष्ठका अनुसार दर्नालले १६ मत प्राप्त गर्दा राईले १५ मत प्राप्त गरे । खुला उपाध्यक्षमा धनबल राई, महिला उपाध्यक्षमा गार्डेन राई, कोषाध्यक्षमा अमृत थुलुङ (राई), सचिवमा अञ्जु कार्की र सहसचिवमा डिल्ली शर्मा निर्वाचित भए ।
यस्तै, सदस्यहरूमा मोतिराम रसाइली, प्रवीण राई, मिलन नाछिरिङ, पवित्रा राई, सुनिल गुरुङ, सविना राई र अर्जुनकुमार मण्डल निर्वाचित भएका छन् । १३ वर्षदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय दर्नाल राष्ट्रिय समाचार समिति (रासस)का सोलुखुम्बु संवाददाता समेत हुन् । उनी हिमाल एफएम सोलुखुम्बुका प्रबन्धक समेत रहेका बताइएको छ ।
पत्रकार महासङ्घ धनुषाको अध्यक्षमा पुरन साह विजयी
धनुषा । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको अध्यक्षमा पुरन साह निर्वाचित भएका छन् । साहले ८२ मत प्राप्त गर्दा प्रतिस्पर्धी नित्यानन्द मण्डलले ५१ मत प्राप्त गरे । यसैगरी, उपाध्यक्षमा अवधेश कामतले ७० मत ल्याई विजयी हुँदा उनका प्रस्पर्धी सञ्जीवकुमार झाले ४० मत ल्याए । महिला उपाध्यक्षमा नेहा झा ७७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी वरुणा कर्णले ४७ मत प्राप्त गरे ।
सचिवमा बटुकनाथ झा ५६ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी सुभाष कर्ण र विकास साहले ३८–३८ मत प्राप्त गरे । सहसचिव पदमा अर्जुन मण्डल ६४ मतसहित विजयी हुँदा प्रतिस्पर्धी प्रमोदकुमार साहले ६४ मत ल्याए । सहसचिव समावेशीअन्तर्गत दीपेश मल्लिक ७९ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी भोला यादवले ३९ मत पाए ।
कोषाध्यक्षमा गोविन्द महतो ६८ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी रामकमल महतोले ५९ मत पाए । दलित सदस्यमा दिलीप दास, महिला सदस्यमा चाँदनी झा, आदिवासी जनजातिमा लक्ष्मी चौधरी, खुल्ला सदस्यमा माला राय, राहुल सिंह, राजा झा, कमलेश ठाकुर, सुमित मिश्र, जीवनारायण झा, सपना कर्ण , समावेशी–मुस्लिम, अपाङ्गता सदस्य मो इन्तखाम आलम विजयी भएका छन् ।
प्रदेश परिषद् सदस्यमा अजयकुमार साह, बबलु चौधरी, कमल साह, उत्तिमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर निर्विरोध निर्वाचित भएका छन् । यस्तै, केन्द्रीय परिषद् सदस्यमा समावेशीतर्फ महिला सदस्यमा रेणु झा निर्विरोध निर्वाचित भए भने खुला अजयकुमार झा र मधेशीतर्फ श्रीनारायण साह निर्वाचित भएका छन् ।
महासङ्घ महोत्तरी शाखामा महेश दास निर्वाचित
महोत्तरी । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखा अध्यक्षमा महेश दास निर्वाचित भएका छन् । दासले ३२ मत र उनका प्रतिस्पर्धी सन्तोष सिंहले २९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, उपाध्यक्षमा अरविन्दकुमार झा, महिला उपाध्यक्षमा आशाकुमारी तोलाङ्गी, सचिवमा रामनारायण महतो, सहसचिवमा दीपककुमार पाण्डे, सहसचिव समावेशीमा शर्मिला घिमिरे, कोषाध्यक्षमा राजीवकुमार राय कुर्मी, निर्वाचित भएका छन् ।
महासङ्घको समावेशी तर्फ सदस्यमा ममता विश्वकर्मा, रजनी कुमारी, निरञ्जन साह, विष्णु गुप्ता र खुला सदस्यमा उषा आचार्य, जीवनराज दाहाल, टेकप्रसाद पोखरेल, निरुताकुमारी चौधरी, विनयकुमार यादव, रञ्जित कापर, रामबाबु यादव र सरस्वती लामा निर्वाचित भए ।
पत्रकार महासङ्घ झापामा फेरि गिरीनै अध्यक्ष
बनियानी । नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित एका छन् । अन्तिम मत परिणामअनुसार गिरि एक सय ३१ मतका साथ विजयी भएको निर्वान अधिकृत शिरो सान्दाइले जानकारी दिए ।
यस्तै, खुला सहसचिवमा रमेश तिवारी र दलित सदस्यमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित भइसकेका थिए । महासङ्घको समावेशी सहसचिवमा तिलक योञ्जन एक सय ११ मतका साथ भएका छन् भने उनका प्रतिस्पर्धी चिरञ्जीवी घिमिरेले ८३ मत प्राप्त गरे ।
कोषाध्यक्षमा मुक्ति पौडेल ९९ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गरे । महासङ्घको २० सदस्यीय कार्यसमितिको महिला सदस्यमा भूमिका सुब्बा एक सय १२, सन्तोष शर्मा एक सय, आदिवासी जनजाति सदस्य इन्द्रकुमार राई एक सय १०, खुला सदस्यमा अस्मिता साँखी एक सय ४८, इशा प्रधान एक सय ३५, स्वस्तिका आचार्य एक सय ३३, विनोद पाण्डे एक सय ३३, सुदीप अधिकारी एक सय २६, द्रोण अधिकारी एक सय २८, दिपेश राजवंशी एक सय १७, देवेन्द्र प्रसाईं ९५ र भूमिराज पराजुली ९४ मतका साथ निर्वाचित भएका छन् ।
पत्रकार महासंघ झापा शाखामा दुई सय २० सदस्य रहेकामा दुई सय पाँच जनाले मतदान गरेका थिए । २० सदस्यीय कार्यसमितिको १८ पदका लागि ३६ जनाले उम्मेदवारी दिएका थिए ।
सप्तरीमा प्रेस युनियनका देव पुनः निर्वाचित
राजविराज । नेपाल पत्रकार महासङ्घ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित भएका छन् । प्रेस चौतारी, प्रेस युनियन तथा समाजवादी (प्रेस सङ्गठन)को संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी विजयी प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी प्रेस सङ्गठन र प्रेस मञ्चका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गरे ।
उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२–४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी भए । महिला उपाध्यक्षतर्फ सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्णकुमार मण्डल, सहसचिव समावेशीमा डम्वर राई तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता विजयी भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिए ।
महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोर पासवान र आदिवासी, जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भएका छन् । मधेशी सदस्यतर्फ राससकर्मी अरुणकुमार यादव, समावेशीमा परिष कर्ण र खुला सदस्यतर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव तथा शिव अचार्य निर्वाचित भएका छन् । ८५ मतदाता रहेकामा ८४ जनाले मतदान गरेका थिए ।
महासङ्घ ललितपुरको अध्यक्षमा कार्की निर्वाचित
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । कार्कीले दुई सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले ६३ मत प्राप्त गरेकाे निर्वाचन समितिका सदस्य सविन शर्माले जानकारी दिए ।
यस्तै, उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् ।
सदस्यहरूमा अनिल श्रेष्ठ, शिवहरि घिमिरे, कुशल बोगटी, पासाङ घिसिङ, विसु गुरुङ, रामप्रसाद ढकाल, केवश घिमिरे, शिशिरकुमार लामा निर्वाचित भएका छन् ।
पत्रकार महासङ्घ भक्तपुरमा शिल्पकार
भक्तपुर । नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको अध्यक्ष पदमा सुन्दर शिल्पकार विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा खुला उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्ष महिला नवीना खर्बुजा श्रेष्ठ, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, समावेशी सहसचिवमा सहसचिव हरिसुन्दर छुँका, कोषाध्यक्षमा रामगोपाल तमखू निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्य सिर्जना खतिवडा, मनोजकुमार फुँयाल, मणिराम लामिछाने, नारायण थापा, सुदर्शन आचार्य, रामसुन्दर खाइजु, राजकुमार लामिछाने, पुष्पाकुमारी साउद, केशवप्रसाद तिमिल्सिना, सदस्य दलितमा अंजिरसिंह विक, सदस्य आदिवासी जनजाति निशा कुस्मा र रेणु त्वानाबासु, निर्वाचित भएका छन् ।
केन्द्रीय परिषद् सदस्यमा रमेश गिरी, पेशल आचार्य, पूर्ण दुवाल र जीवन ढुङ्गाना विजय हुुनुभएको निर्वाचन अधिकृत बालमुकुन्द सुवावलले जानकारी दिए ।
पत्रकार महासङ्घको जुम्लाको अध्यक्षमा चौलागाई
जुम्ला । नेपाल पत्रकार महासङ्घको जुम्ला शाखाको अध्यक्ष पदमा पूर्णप्रसाद चौलागाई निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरिता पराजुली यसअघिनै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ योगीले बताए ।
उनका अनुसार निर्वाचनमा ५४ मतमध्ये ५३ मत खसेको थियो । त्यस्तै सदस्यमा मोहन शाही, टेक हमाल , सीता कुमाई, सपना रावत, सिवानी विक, लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्षमा खनाल
वीरगञ्ज (पर्सा) । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्ष पदमा ओमप्रकाश खनाल विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा नयाँ कार्यसमितिको उपाध्यक्षमा भूषण यादव, महिला उपाध्यक्ष पदमा निलिमा पौडेल निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शत्रुघन नेपालले जानकारी दिए ।
सचिव पदमा विजय चौहान, सहसचिव समावेशी पदमा एसके चौरसिया, सहसचिव खुला पदमा अजयकुमार चौरसिया विजयी हुुनुभएको छ । कोषाध्यक्ष पदमा सञ्जीवकुमार मिश्र निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्य पदमा कमला भण्डारी, आदिवासी जनजाति सदस्यमा अजितकुमार भुजेल र मधेसी सदस्यमा आरोहण साह निर्वाचित भएका छन् । अन्य समावेशी सदस्यमा प्रकाशकुमार तिवारी पनि विजयी भएका छन् ।
खुला सदस्यतर्फ तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेश झा निर्वाचित हुनुहुन्छ । त्यस्तै केन्द्रीय परिषद् सदस्यमा महेशचन्द्र गौतम र राघव साह कानु निर्वाचित भएका छन् । पर्सा शाखामा एक सय ६७ मतदाता भए पनि एक सय ६१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश अध्यक्षमा आचार्य विजयी
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी भएका छन् । आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले एक सय ९२ मत गर्नुभएको निर्वाचन समितिका संयोजक ध्रुव लम्सालले जानकारी दिए ।
उपाध्यक्ष (समावेशी) मा पुष्पा थपलियाले दुई सय १७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी पवित्रादेवी ढकालले एक सय ८६ मत प्राप्त गरिन् । यस्तै, महासचिवमा अशेष अधिकारीले दुई सय ५४ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी भानु भट्टराईले एक सय ६७ मत प्राप्त गरे । अन्य पदमा यस अगाडि नै निर्विरोध रुपमा पदाधिकारी र सदस्य निर्वाचित हुनुभएको निर्वाचन संयोजक लम्सालले जानकारी दिए ।
यस्तै, एसोसिएट केन्द्रीय सदस्यतर्फ मनुका कुँवर तीन सय एक र पवित्रा मुडभरी दुई सय नौ मत ल्याएर विजयी भएका छन् । महासङ्घ एसोसिएटअन्तर्गत कार्टुनिष्ट क्लब, चलचित्र पत्रकार सङ्घ नेपाल, चलचित्र समीक्षक समाज, दक्षिण एसियाली पत्रकार, एभरेष्ट प्रेस क्लब, नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल पत्रकार मञ्च, अनलाइन पत्रकार सङ्घ, पर्यटन पत्रकार मञ्च, पत्रकारिता विकास समाज, फोटो जर्नालिस्ट क्लब र पत्रकारिता अनुसन्धान तथा तालिम समाज रहेका छन् ।
पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा दङ्गाल
चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्ष पदमा ध्रुव दंगाल निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कमला पाख्रिन र दीपक अर्याल, सचिवमा टिका सुवेदी, सहसचिव (खुला)देवराज सुवेदी, सहसचिव सञ्जय तामाङ र कोषाध्यक्षमा दीपक खत्री निर्वाचित भएको निर्वाचन संयोजक अमित घिमिरेले जानकारी दिए।
यसैगरी सदस्यहरूमा किरण थापा, प्रितमकुमार तामाङ, विपना तामाङ, निर्मल बस्नेत, सागर खड्का, प्रमिला विक, दिपिन ढुङ्गाना, अर्जुन शर्मा र चण्डिका नेपाली निर्वाचित भएका छन् ।
महासंघको केन्द्रीय पार्षद् सदस्यमा ज्ञानेन्द्र तिमल्सिना, रामकृष्ण थापा र चित्रकुमार मिजार निर्वाचित भएका छन् । प्रदेश परिषद् सदस्यमा हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक पुरी, रुपक कोइराला, कला अनुरागी, रमेश पराजुली र हरिप्रसाद दुलाल निर्विरोध भएका छन् भने अन्य समावेशी सदस्यमा एकल उम्मेदवारी परेपछि राजेन्द्र राणामगर, महिला सदस्य गोमा खत्री, जनजातितर्फबाट फूलमान तामाङ मोक्तान निर्विरोध भएका हुन् ।
त्यसैगरी प्रदेश परिषद् सदस्यमा रुपक पुरी, कला अनुरागी, रमेश पराजुली, हरिनाथ न्यौपाने, अशोक पराजुली, रुपक कोइराला र हरिप्रसाद दुलाल निर्विरोध निर्वाचित भएका छन् । एक सय तीन मतदाता रहेकामा निर्वाचनमा ९८ मत खसेको थियो ।
पत्रकार महासङ्घ रसुवा शाखाको अध्यक्षमा पौडेल
रसुवा । नेपाल पत्रकार महासंघ रसुवा शाखाको अध्यक्ष पदमा केशवप्रसाद पौडेल निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा उपाध्यक्षमा कविता स्याङ्वा, सचिवमा अषिश तामाङ, सहसचिव खुलामा हिमनाथ देवकोटा, कोषाध्यक्षमा कृष्णप्रसाद न्यौपाने निर्वाचित भएका छन्। यसैगरी कार्यसमितिको सदस्य पदमा विष्णुप्रसाद लामिछाने तथा केन्द्रीय परिषद् द्वयमा सुशील कोइराला र हरिप्रसाद गजुरेल चयन भएको निर्वाचन संयोजक नुर्वु तामाङले जानकारी दिए ।
तेत्तीस मतदाता रहेकामा ३१ मत मात्र खसेको थियो ।
पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा तिमिल्सिना
रामपुर (पाल्पा )। नेपाल पत्रकार महासंघ पाल्पा जिल्ला शाखाको अध्यक्ष पदमा कमलराज तिमिल्सिना निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष, सचिव र दलित सदस्य पदमा निर्वाचन भएको हो । कार्यसमितिको अन्य पदमा निर्विरोध भएको छ । निर्वाचनमा सचिवमा रामचन्द्र रायमाझी र दलित सदस्यमा हरिबहादुर विक निर्वाचित भएका छन् । उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने (खुल्ला), बन्दना पोखरेल (समावेशी), कोषाध्यक्षमा विजय बौडेल, सहसचिवमा दुर्गेश मल्ल (खुल्ला), दानबहादुर हिस्की (समावेशी), सदस्यहरूमा सुनिल कार्की, दयाराज न्यौपाने, नेत्र गैरे, दिपक ढुंगाना, सुशीला रेग्मी, धनबहादुर ठाडा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै केन्द्रिय परिषद् सदस्यमा यज्ञमुर्ति तिमिल्सिना, सीतादेवी डोटेल र राजेन्द्र लिगल, प्रदेश परिषद् सदस्यमा कृष्णप्रसाद पोखरेल, दिपक भट्टराई, पवित्रा घिमिरे र इमानसिंह राना निर्विरोध निर्वाचित भएका छन् ।
पत्रकार महासङ्घ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
सङ्खुवासभा। नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा कृष्णराज शाक्य निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी दिपेन्द्र शाक्यलाई पराजित गर्दै कृष्णराज अध्यक्ष निर्वाचित भएका हुन् । शाक्य यसअघि उपाध्यक्ष थिए।
यसैगरी, उपाध्यक्षमा कोषाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुल्ला दुर्गामणि पौडेल, समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिष विष्ट निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा सुरेन शाक्य, खेवाहाङ मेवाहाङ, दुर्गाबहादुर कटुवाल र जनक चापागाईँ निर्वाचित भएका छन्।
प्रदेश परिषद् सदस्यमा गंगा विष्ट,समिक्षा मगर,माधव सुवेदी र ध्यान बहादुर राई निर्विरोध निर्वाचित भएका छन्। यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहन कुमार राई निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषद् सदस्य महिला भन्ने खाली परेको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिए।