नेपाललाई ९ अर्ब अनुदान सहयोग दिने चीनको घोषणा



काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिनले यस्तो घोषणा गरेका हुन् ।

राष्ट्रपति सी ले ५०० मिलियन आरमबी(नेपाली नौ अर्ब ३० करोड रुपैयाँ) अनुदान सहयोगको घोषणा गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here