दमौली (तनहुँ) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमरराज कैनीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–२ निवासी पूर्वराज्यमन्त्री एवं कांग्रेस नेता अमरराज कैनीद्वारा लिखित ‘आफ्नै विगत नियाल्दा, प्रजातन्त्रको सौन्दर्य र अविस्मृत विम्बहरू’ पुस्तकको आज दमौलीमा विमोचन गर्दै स्वास्थ्यमन्त्री पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलन, कांग्रेस पार्टीको सुदृढीकरणमा कैनीको भूमिकालाई बिर्सन नमिल्ने बताएका हुन् ।
उनले भने, “देश र पार्टीका लागि उहाँले खेल्नुभएको भूमिकालाई हामीले बिर्सन मिल्दैन ।”
स्वास्थ्यमन्त्री पौडेलले कैनीले लेखेको पुस्तक अध्ययनका लागि महत्त्वपूर्ण स्रोत हुने बताए ।